Monday, December 10, 2018

नेपालको निर्वाचन विश्वकै नमूना : प्रमुख आयुक्त

प्रकाशित मिति: 2017/12/19

ओखलढुंगा । नेपालमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन विश्वकै नमूना भएको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताएका छन् ।

मंगलबार ओखलढुंगा सदरमुकाममा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले एक साथ दुवै निर्वाचन सफलताकापुर्वक सम्पन्न हुनु विश्वमै नमूना निर्वाचन भएको दावी गरेका थिए । ‘एकै पटक दुई निर्वाचन संसारमा कतै भएका छैनन्, यस कारण यो निर्वाचन संसारकै नमूना हो’ यादवले भने ।

यादवले जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने राजनीतिक दल, कर्मचारी, पत्रकार तथा पर्यवेक्षकहरुलाई धन्यवाद दिए ।

निर्वचनका दौरान देशका केही स्थानमा छिटपुट घटना भए पनि शान्तिपूर्ण वातावरणमा निर्वाचन सकिएको यादवले बताए । निर्वाचित जनप्रतिनिधीहरुको अबका काम नागरिकको सुरक्षा र विकासको आशालाई अघि बढाउने जिम्मेवारी रहेको भन्दै जनताप्रति इमान्दार बन्न सुझाव पनि दिए । प्रमुख निर्वाचन आयुक्त यादव निर्वाचन सम्पन्न गराउने सबै पक्षलाई धन्यवाद दिन ओखलढुंगा आएका हुन् ।

तपाईंको बिचार