Monday, December 10, 2018

प्रेसर कुकर बम बिष्फोटमा ३ जना घाइते

प्रकाशित मिति: 2017/12/22

काठमाडौं । सिरहाको सदरमुकाममा रहेको मालपोत कार्यालयमा कुकर बम बिष्फोट भएको छ ।  

दिउँसो भएको  बिस्फोटमा परी ३ जना सेवा ग्राही घाइते भएका छन् । घाइते हुनेहरुमा सिरहा नगरपालिका वडा १ बस्ने पवन पासमान, सिरहा नगरपालिका वडा १२ सारस्वरका राज कुमार पासमान र उनका छोरा रोशन पासवान घाइते भएका छन् ।

घाइते राजकुमार पासमान र रोशन पासमानलाई जिल्ला स्वास्थ्य अस्पताल सिरहामा उपचार भई रहेको छ भने पवन पासमानलाई थप उपचारको लागि विराटनगर पठाइएको छ । बम कार्यालय प्रमुखको कक्षको बाहिर बरन्डाको सोफा तल राखिएको बताइएको छ ।  बम बिष्फोटबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख शेखर कोइरालले बताएका छन् ।

तपाईंको बिचार