Friday, September 21, 2018

प्रहरीद्वारा ६० जना पक्राउ

प्रकाशित मिति: 2018/01/01

काठमाडौं । न्यू इयर इभ मनाउने बहानामा होहल्ला, झगडा र मादक पदार्थ सेवन गर्ने ६० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंबाट परिचालित टोलीले ठमेल, दरबारमार्ग तथा लाजिम्पाट क्षेत्रबाट नियन्त्रणमा लिएको हो । 

प्रहरीको नियन्त्रणमा रहेका ६० जना मध्ये ५९ पुरुष र एक महिला रहेका छन्। पक्राउ परेका अधिकांशले मदिरा सेवन गरि झै झगडा गरेको प्रहरीको भनाई छ। इभलाई लक्षित गर्दै राजधानीको ठमेल, दरबारमार्ग, लाजिम्पाट तथा ललितपुरको झम्सीखेल र भक्तपुरको दरबार क्षेत्रमा विषेश सुरक्षा व्यवस्था मिलाइएको थियो।

सबैभन्दा बढी चहलपहल हुने दरबारमार्ग, ठमेल, क्षेत्रपाटीलगायतका स्थानमा मात्र १२ सयभन्दा बढी प्रहरी खटाइएको थियो। आपराधिक गतिविधि नियन्त्रण गर्न सादा पोशाक र तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको थियो।

तपाईंको बिचार