Monday, December 10, 2018

प्रदेशको राजधानी माग गर्दै डोटीमा अनिश्चितकालीन बन्द

प्रकाशित मिति: 2018/01/03

डोटी । प्रदेश ७ को अस्थायी राजधानी धनगढी बनाउने प्रस्ताव सरकारले गरेसँगै डोटीबासीले बन्दलगायत संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । सरकारले अस्थायी प्रदेश राजधानी औपचारिक रुपमा नतोके पनि यसको प्रस्ताव मंगलबार गरेको थियो  । अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानी तोक्ने छ ।

बुधबार बिहान बसेको प्रदेश नं. ७ को राजधानी दिपायल संघर्ष समिति बैठकले अनिश्चितकालीन जिल्ला बन्द गर्ने निर्णय गरेको हो । बन्द आह्वान गरेसँगै दिपायल, पिपल्लालगायतका मुख्य बजारहरु बिहानैदेखि बन्द भएका छन । सरकारी कार्यालय, बजार, गैरसरकारी संस्था, शिक्षण संस्थाहरु समेत बन्दले प्रभावित भएका छन् । एम्वुलेन्स, दमकल, प्रेस, शव वहान, निलो प्लेटका अत्यावश्कीय सवारी साधन चल्न दिने निर्णय भएकाले निर्वाध चलिरहेका छन् ।

तपाईंको बिचार