Monday, June 25, 2018

राष्ट्रपतिलाई भेट्न निर्वाचन आयुक्तहरु शीतल निवासमा

प्रकाशित मिति: 2018/01/04

काठमाडौं । प्रदेश प्रमुखहरुको नियुक्तिमा ढिला भइरहेका बेला निर्वाचन आयोगका पदाधिकारीहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

 प्रदेशसभा निर्वाचनको अन्तिम परीणाम आएको सातदिनभित्र प्रदेश प्रमुखलाई बुझाउनु पर्ने संवैधानिक व्यवस्था छ । सरकारले अझै प्रदेश प्रमुख नियुक्त गरेको छैन । यसै विषयलाई लिएर निर्वाचन आयुक्तहरु राष्ट्रपटिलाई भेट्न गर्न पुगेको बताइएको छ । 

तपाईंको बिचार