Friday, September 21, 2018

विमानमा उडान हुन नसकेपछि प्रचण्ड गाडिबाटै काठमाडौं फर्कदै

प्रकाशित मिति: 2018/01/07

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल मौसम खरावीका कारण जहाजले उडान भर्न नसकेपछि गाडीबाट काठमाडौँ फर्केका छन।  

 प्रधानमन्त्री शेरबाहदुर देउवाले बिहिवार बालुवाटारमा बोलाएको सर्वदलीय बैठक सकाएर अध्यक्ष दाहाल भरतपुर महानगरपालिकाको नगरपरिषद्मा भाग लिन चितवन गएका थिए। शुक्रबार नगरपरिषद्को कार्यक्रम सकिएपछि अध्यक्ष दाहाल शनिबार काठमाडौ फर्किने कार्यक्रम थियो। तर आइतबार विहानसम्म हुस्सुको कारण जहाजले उडान भर्न नसकेपछि गाडी चढेर काठमाडौँ फर्केका हुन्। 

तपाईंको बिचार