Wednesday, January 17, 2018

डा गोविन्द केसी १४ औं पटक अनशन बस्दै

प्रकाशित मिति: 2018/01/08

काठमाडौं । आफ्नै अनसनका क्रममा बर्खास्त भएका डीनलाई अदालतले पुनर्वहाली गर्न आदेश दिएपछि डा. गोविन्द केसी १४ औं अनशनको तयारी गरेका छन्।

आज दिउँसो २ बजे पत्रकार सम्मेलनपछि अनशन बस्ने कार्यक्रम रहेको केसीका सहयोगी डा. जीवन क्षेत्रीले जानकारी दिए। कनिष्ठलाई डिन नियुक्त गरिएको र सम्बन्धनको खेल भएको भन्दै डा गोविन्द केसीले थालेको अनशनले चिकित्सा क्षेत्र आन्दोलित भएपछि तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष एवं त्रिवि कूलपति खिलराज रेग्मीले शर्मालाई २०७० माग ८ गते बर्खास्त गर्न निर्देशन दिएका थिए। त्यसविरुद्ध शर्माले सर्वोच्चमा फागुन १ गते रिट हालेका थिए।

शर्मालाई कानुनविपरित बर्खास्त गरिएको ठहर गर्दै सर्वोच्च अदालतले आइतबार पुनर्बहाली गर्न आदेश दिएको हो। शर्माको पदावधि सकिनु चार दिनअघि प्रधान न्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलाशले पुनर्बहाली गरेपछि केसी प्रधानन्यायाधीश विरुद्ध नै अनशनमा उत्रिन लागेका हुन्। डाक्टर केसीले स्वतन्त्र न्यायालयको माग गर्दै आएका छन्।

तपाईंको बिचार