Wednesday, December 12, 2018

चिसोले सप्तरीमा थप ३ को मृत्यु

प्रकाशित मिति: 2018/01/12

राजविराज । अत्यधिक चिसोका कारण सप्तरीमा बिहीबार साँझ तीन जनाको मृत्यु भएको छ ।    

छिन्नमस्ता गाउँपालिका–२ रामपुरा बस्ने ५२ वर्षीया सरोदेवी मुखिया र ७० वर्षीया सरस्वतीदेवी साह तथा सुरुङ्गा नगरपालिका–१ निवासी ५१ वर्षीय अम्बरबहादुर पुलामीको चिसोका कारण मृत्यु भएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ । यससँगै सप्तरीमा चिसोबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । –रासस

तपाईंको बिचार