Wednesday, December 12, 2018

कक्षा ११को नतिजा सार्वजनिक

प्रकाशित मिति: 2018/01/14

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७४ सालको असार महिनामा सञ्चालित कक्षा ११ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले शनिबार सूचना जारि गर्दै ११ कक्षाको नियमिततर्फको नतिजा शनिवार सार्वजनिक गरेको हो । बोर्डको शनिवार बसेको बैठकले गरेको निर्णय अनुसार नतिजा सार्वजनिक गरिएको हो ।

कक्षा ११ को परीक्षामा नियमिततर्फ ३ लाख ४७ हजार ७ सय ४८ परीक्षार्थी सहभागी भएका थिए । बोर्डले केही समयपछि नतिजा इन्टरनेटमा सार्वजनिक गर्ने जनाएको छ । परीक्षा नियन्त्रक बतासका अनुसार, ९० भन्दा माथि अंक ल्याउनेको ए प्लस, ८० देखि ८९ सम्म ए, ७० देखि ७९ सम्म बि प्लस, ६० देखि ६९ सम्मको बी, ५० देखि ५९ ल्याउनेको सी प्लस, ४० देखि ४९ सम्म ल्याउनेको सी, ३० देखि ३९ सम्मको डी प्लस, २० देखि २९ ल्याउनेको डी र ० देखि १९ ल्याउनेको ग्रेड इ आउनेछ । यो परीक्षामा विद्यार्थीको डी प्सल वा त्योभन्दा मुनिको ग्रेड आएको छ भने आगामी माघ २७ गते पुनस् परीक्षा दिन पाउने व्यवस्था रहेको बतासले जानकारी दिए। 

नतिजा सार्वजनिक भएपछि राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट www.neb.gov.np मा लगइन गरेर हेर्न सकिने छ । यस्तै नेपाल टेलिमकको वेवसाइट  http://neb.ntc.net.np मा लगइन गरेर पनि परीक्षाको नतिजा हेर्न सकिने छ ।

तपाईंको बिचार