Wednesday, December 12, 2018

समायोजनमा नजाने कर्मचारीको लागि स्वेच्छिक अवकाश निवेदन खुल्ला

प्रकाशित मिति: 2018/01/14

काठमाडौं । निजामती, स्वास्थ्य सेवा तथा संसद् सेवामा कार्यरत रहेका समायोजनमा जान नचाहने कर्मचारीसँग स्वेच्छिक अवकाशको आवेदन माग गरिएको छ । सरकारले शुक्रबार नेपाल राजपत्रमा सूचना प्रकाशन गरी फागुन १४ गतेसम्म निवेदन दिन सक्ने व्यवस्था गरेको हो ।

सरकारले प्रस्ताव गरेको विधेयकमा २०४९ सालभन्दा पछि सरकारी सेवामा आवद्ध रहेका कर्मचारीलाई अवकाश पाउन बाँकी रहेको समय बराबरको एकमुष्ठ पेन्सन दिने व्यवस्था भए पनि संसद्ले उक्त व्यवस्था परिमार्जन गरेको थियो । जसमा अधिकतम उमेर हद ५८ वर्ष पूरा हुन बाँकी समय जोडिने व्यवस्था थियो । तर, कर्मचारी युनियनको दबाबमा संसद्ले सबै कर्मचारीलाई एकमुष्ठ सात वर्षसम्म पेन्सन र सोपछि कानुन बमोजिमको पेन्सन निरन्तरताको व्यवस्था पारित गरेको थियो। सरकारले प्रस्ताव गरेको व्यवस्था पारित भएको अवस्थामा अवकाश योजना सरकारका लागि आर्थिक रुपमा केही सहज हुने अनुमान गरिएको थियो ।

कर्मचारी समायोजन ऐन संसदबातट पारित भएको तीन महिनापछि समायोजन प्रक्रिया सुरु भएको हो। अवकाशमा जानेको टुंगो लागेपछि सरकारले समायोजन प्रक्रिया थालनी गर्नेछ।

समायोजन प्रक्रियाका लागि राज्यकोषमा ५० अर्बसम्म भार थपिने अनुमान गरिएको छ। अवकाश लिन योग्य सबै कर्मचारीले अवकाश योजनामा सामेल भएमा दश हजारभन्दा बढी कर्मचारी मापदण्डभित्र पर्ने सामान्य प्रशासन मन्त्रालयको प्रारम्भिक आकलन छ।

तपाईंको बिचार