Sunday, February 25, 2018

चर्चाको शिखरमा “हाम्रो यो जिन्दगी दुई दिने घाम छाया”

प्रकाशित मिति: 2018/02/12

“हाम्रो यो जिन्दगी दुई दिने घाम छाया” गीत किर्तिपुरबाघभैरव—१ निवासी गायक सुरेन्द्र आमात्यको राष्ट्रप्रेमद्धाराओतपोत “हाम्रो यो जिन्दगी दुई दिने घाम छाया” निकै चर्चामा आइरहेको छ ।

यस गीतमा चर्चित नायिका पूर्णिमा लामाको अभिनय लगायत गायककार तथा कलाकार सुरेन्द्र आमात्यको अभिनयरहेको छ । उक्त गीतमा स्वदेशमै कर्म शीलहरु हातहरु दश नङ्ग्राखिउन पर्ने बताएको छ भने विदेशी बसि काम गरिरहेको नेपालीहरुले स्वदेशमै श्रम गरि देश विकास कार्यमा लागि रहने पर्ने कुरामा जोडदिएको छ । साथै स्वदेशमा पसिना बगाएको कुनै पनि शुभ कार्य खेर नजाने प्रस्तुत कुरा प्रस्तुत गरिएको छ ।

आज भन्दा एक बर्ष अगाडि साखुको पालुबारी लगायत गोकर्णको दृश्य रहेको भिडियोमा युवा शक्तिले देशकैलागि बाँच्नपर्ने देशकै लागि मरि देशविकासमा लाग्न सम्पूणयुवाहरुलाई गीतको माध्यमबाट सन्देश दिएको छ । संगीतमीरज लामा शब्द जोयल डंगोलको रहेको छ भने भिडीयोडाइरेक्सन रोशन कुमार श्रेष्ठ शाक्यले गरेका हुन् ।

आज भन्दासाढे दुई बर्ष अगाडी चर्चित गीत “कीर्तिपुरको मोहनी चोभारकोसल्लेरी” बाट गायन क्षेत्रमा पाइला राखिएका संगीतमाक्षेत्रमा विगत पाँच बर्ष देखि अनवरत रुपमा लागि रहेका छन् । अब सांगितिक क्षेत्रमा कति बर्षसम्म लागिरहनु हुन्छभन्ने जिज्ञाशामा गायक तथा कलाकार आमात्यले अनवरत रुपमा आजिवन रुपमा सांगितिक क्षेत्रमा लाग्ने बताएका छन् । 

तपाईंको बिचार