Tuesday, February 19, 2019

नुवाकोट निर्माण ब्यबसायी संघमा थपलिया प्यानलको पल्ला भारी हुने भनाई

प्रकाशित मिति: 2018/09/15


 यहि भाद्र ३० र ३१ गते हुन गईरहेको  नुवाकोट निर्माण ब्यबसायी संघ को ८ औं जिल्ला  अधिबेशनमा कृष्ण थपलिया र सुमन अधिकारी को समुह बिच प्रतिस्पर्धा हुने भएको छ । थपलिया संघको द्धितिय उपाध्यक्ष हुन भने अधिकारी वर्तमान अध्यक्ष हुन । निर्वाचनको लागि नेपाली काङ्ग्रेस को आधिकारिक प्यानल को रुपमा कृष्ण प्रसाद थपलिया सहित को टिममा होम बाहादुर तामाङ ,बरिष्ठ उपाध्यक्ष ,धनसिंह तामाङ , प्रथम उपाध्यक्ष, दिपक लामा द्तिीय उपाध्यक्ष , सुशिल फुयाल ,महासचिव , बाबुराम पान्डे , उप महासचिव  सचिव कृष्ण प्रसाद अधिकारी , अरुण थापा सह सचिव ,शंकर प्याकुरेल , कोषाध्यक्ष , बिकेश पन्डित , सह  कोषाध्यक्ष लगायतको उम्मेदवारी  रहेको छ । गन्तव्य नेपाल संग संक्षिप्त कुराकानी गर्दै   निर्माण व्यवसायी सन्तलाल तामाङले  निर्माण ब्यबसायी क्षेत्रमा लोकतान्त्रिक समुह को दुई तिहाई मतदाता रहेको कारण लोकतान्त्रिक प्यानलको स्पष्ट जित देखिने वताए  सापकोटा समुहले आपनो समुह लोकतान्त्रिक र समावेशिका साथै नेपाली काङग्रेस जिल्ला कार्यसमितिको समेत समर्थन रहेकोले आफ्नो समुह लाई मतदान गर्नु हुन समेत अपिल गरेको छ । उक्त समुहले  संस्थागत दिगो बिकस एवं आधुनिक नेतृत्व बिकास का लागी कृष्ण थपलिया को समुहको उम्मष्दवारी रहेको पनि स्पस्ट पारेको छ ।
 

 

तपाईंको बिचार