Sunday, August 25, 2019

दिदी बहिनीमाथि एशिड आक्रमण पछि कुरुवा छिमेकी पासपान नै हिरासतमा

प्रकाशित मिति: 2018/09/18

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकाका दुई दिदी–बहिनीलाई एसिड प्रहार गरेको आरोपमा प्रहरीले कुरुवालाई पक्राउ गरेको छ ।

सम्झनाकुमारी दास र बहिनी सुस्मिता कुमारीलाई एसिड प्रहार गरेको आरोपमा प्रहरीले रामबाबु पासवानलाई पक्राउ परेका गरेको हो ।

गम्भिर अवस्थामा उपचार गराइरहेका दास दिदी–बहिनीमाथि कसले र किन एशिड आक्रमण गरेको हो भन्ने कुरासम्म अनुसन्धानबाट पत्ता लगाउन नसक्दा दवावमा परेको प्रहरीको आँखा पछिल्लोपल्ट विरामीको कुरुवा बनिरहेका पासवानमाथि परेको हो ।

एसिड आक्रमणमा परेर कीर्तिपुरमा उपचारार्थ उनीहरुको कुरुवा रहेका पासवानलाई प्रहरीले अस्पतालबाटै पक्राउ गरिएको जनाएको छ ।

घटनापछि दोषी पक्राउ गर्न नसकेको भन्दै प्रहरीको आलोचना भइरहेका बेला छिमेकी पासवानमाथि नै शंका बढ्दै गएपछि दास दिदी–बहिनीको उपचारमा कुरुवा बसिरहेका पासवानलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि रौतहट पठाई सकिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

गएको भदौ २६ गते राति करीब १२ बजे सम्झना र सुस्मिता सुत्ने कोठामा प्रवेश गरी एसिड प्रहार गरिएको थियो ।

एशिड आक्रमणबाट सख्त घाइते बनेका उनीहरुको उपचारका लागि आर्थिक अभाव समेत भइरहेको परिवारजनले जनाएका छन् । दास दिदी–बहिनीको उपचारका लागि सामान्य सहयोगहरु पनि जुटिरहेको छ ।

तपाईंको बिचार