Sunday, August 25, 2019

रसिकको अलकापुरी भक्तपुर र धौभडेलको भक्तपुर दरबारका मल्लकालीन भारदारहरु पुस्तक सार्वजनिक

प्रकाशित मिति: 2018/09/20

भक्तपुर । लेखक जितेन्द्र रसिकको कृति अलकापुरी भक्तपुर र संस्कृतिविद् ओमप्रसाद धौभडेलको भक्तपुर दरबारका मल्लकालीन भारदारहरु सार्वजनिक गरिएको छ । सो कृतिहरु पुरातत्व विभागका महानिर्देशक डा. भेषनारायण दाहाल र संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले संयुक्त रुपमा विमोचन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि महानिर्देशक दाहालले दुवै पुस्तकहरुले भक्तपुरका लुकेका ठाउँहरुको विस्तृत र आफू स्वयंमले थाहा नपाएका भारदारहरुको नाम उल्लेख रहेको बताए । त्यसैले यो पुस्तकभक्तपुरका बारेमा जान्न खोज्ने हरेक व्यक्तिले पढ्नै पर्ने कुरा औंल्याए ।

भक्तपुर साहित्यक समाजका अध्यक्ष राजुराम मुनंकर्मी तथा कार्यक्रमका सभापतिसमेत रहेका उनले उपस्थित सबै अतिथिहरु समालोचक देवीप्रसाद सुवेदी, प्राध्यापक भगवानचन्द्र ज्ञवालीलगायतका व्यक्तिहरुलाई नेपाली टोपीलगाई सम्मान गरेका थिए ।

 

तपाईंको बिचार