Sunday, August 25, 2019

सुनसरीमा गोली हानी प्रधानाध्यापकको हत्या

प्रकाशित मिति: 2018/09/20

सुनसरीको भुताहामा एक प्राथमिक विद्यालयका प्रधानाध्यापकको गोली हानी हत्या गरिएको छ।

बिहीबार बिहान ११ बजे सुनसरी(हरिनगर २ का स्थायी बासिन्दा तथा रैयान नेसनल स्कुलका प्रधानध्यापक खुर्सिद अन्सारीमाथि मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली हानेको प्रहरी निरीक्षक कमल खत्रीले जानकारी दिए। गोली लागेका अन्सारीको घटनास्थलमै मृत्यु भएको छ।

वृद्धबजारबाट झुसी जाने बाटोमा हिँडिरहेका बेला उनीमाथि पछाडिबाट गोली हानिएको खत्रीले बताए। गोली हान्नेहरू भारतबाट आएको बताइए पनि घटनाको विस्तृत विवरण आएको छैन।

 

तपाईंको बिचार