Monday, February 18, 2019

निर्मला हत्या प्रकरण छानबिन समितिले बुझायो प्रतिवेदन

प्रकाशित मिति: 2018/09/26

काठमाडौं ।  निर्मला पन्तको घटनाबारे छानबिन समितिले मंगलबार प्रतिवेदन बुझाएको छ। भदौ ७ मा कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरिएको थियो।
सुरुमा सो समितिलाई १५ दिनको म्याद दिइएको थियो। तर, तोकिएको समयमा अनुसन्धान नसकिएपछि थप १५ दिन म्याद थपिएको थियो। समितिले बुझाएको प्रतिवेदनमा प्रहरीको अनुसन्धानमा गल्ती भएको निष्कर्ष निकालेको छ।
प्रतिवेदनमा घटनाको सम्भावित कारण, घटनास्थलको विवरण, प्रहरी अनुसन्धानलगायत सम्भावित आरोपीबारे पनि उल्लेख गरिएको बताइएको छ ।
 भीमदत्त नगरपालिका २ उल्टाखामकी पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो। उनको शव स्थानीयले ११ गते गाउँ नजिकैको उखुबारीमा उनको शव फेला पारेका थिए।
 समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापा बादललाई प्रतिवेदन बुझाएको हो।

तपाईंको बिचार