Thursday, April 25, 2019

बस र ट्रक ठोक्किँदा नवलपरासीमा २ को मृत्यु, ३१ घाइते

प्रकाशित मिति: 2018/09/29

 बुटवल । आज विहान ३ बजेको समयमा नवलपरासीको कावासोती–१६ मा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर ३१ जना घाइते भएका छन् ।
घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ ।
नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको ना ७ ख ५६२९ नम्बको बस र विपरित दिशाबाट आइरहेको  ना ६ ख ७७१९ नम्बरको ट्रकसँग ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परी कोहलपुर–४  का २३ वर्षीय सुरज बि।क। र कपिलवस्तुका २४ वर्षीय लक्ष्मण थारुको ज्यान गएको पुर्व नवलपरासी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख रमेश थापाले दुईको मृत्यु भएको पुष्टि गरे ।
३१ घाइतेमध्ये १६ जना नवलपसारी कै कालिगण्डकी अस्पतालमा भर्ना गरिएको, चार जनाको मध्ये विन्दु अस्पतालमा र गम्भीर घाइते ११ जनालाई भरतपुर अस्पतालमा पठाइएको  उनले बताए । उनका अनुसार ११ जना मध्ये ४ जनाको अवस्था निकै चिन्ताजनक छ ।

तपाईंको बिचार