Tuesday, February 19, 2019

थाई एयरवेजका सात कर्मचारी निष्कासित

प्रकाशित मिति: 2018/10/02

काठमाडौं । साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेको थाई एयरवेजका सात कर्मचारी निष्कासित भएका छन् ।
अवकाश पाउनेमा हेमन्त गौतम, गोपालकुमार श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, बालकृष्ण श्रेष्ठ, लालबहादुर मगर र कपिल राज पुरी छन् ।
एयरवेजले असोज ५ गतेबाट लागू हुने गरी सात कर्मचारी अवकाश दिएको हो ।
मोरङ जिल्ला अदालतको आदेशले उनीहरु पुर्पक्षका लागि थुनामा छन् । थुनामुक्त भई मुद्दाको बाँकी कार्बाही अघि बढाउनका लागि उच्च अदालतमा निवेदन दिए पनि आदेश भइसकेको छैन ।
एयरवेजले सुन चोरी पैठारी तथा कर्तव्य ज्यान मुद्दामा थुनामा रहेको अवधि ९० दिनभन्दा बढी भइसकेकाले प्रचलित श्रम ऐन अनुसार अवकाश दिइएको जनाएको छ । जिल्ला अदालतको आदेश अनुसार जेठ ८ गतेदेखि उनीहरु थुनामा छन् ।
श्रम ऐन २०७४ को दफा  १३४(६) अनुसार रोजगारदाता आफैले उजुरी दिई थुनामा रहेको अवस्थामा बाहेक प्रचलित कानुन बमोजिम थुनामा रहेको अवस्थामा निलम्बन ९० दिनभन्दा बढी भएको अवस्थामा सेवाबाट अवकाश दिन सक्ने व्यवस्था छ ।

 

तपाईंको बिचार