Wednesday, February 20, 2019

सुरक्षाका लागी प्रहरी हरहमेसा कटिबद्ध भएर लाग्नुपर्ने आईजिपी खनाल

प्रकाशित मिति: 2018/10/02

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरु देश र नागरिकको सेवक भएकाले उनीहरुकै सुरक्षाका लागी हरहमेसा कटिबद्ध भएर लाग्नुपर्ने बताएका छन् । मंगलबार जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै खनालले उक्त कुरा बताएका हुन् ।
‘नेपाल प्रहरी विश्वकै उत्कृष्ट प्रहरी बन्ने सक्ने सम्भावना छ’ प्रहरी प्रमुख खनालले भने, ‘त्यसका लागि प्रहरी कर्मचारीहरुले इमान्दारिता र आचरणमा अझै सुधार गर्नुपर्छ ।’ विभागीय नीति र निर्देशनअनुसार जिम्मेवारी पुरा गर्न निर्देशन दिँदै खनालले भने, ‘प्रहरी कर्मचारी आफैं कुनै पनि घट्नाको कारक बन्नु हुँदैन् ।’

कार्यालय भवन उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिपराज रेग्मीले मुलुकको नयाँ संघीय संरचनासँगै उर्लेका अपेक्षा र आकांक्षालाई पुरा गर्न शान्ति, सम्बृद्धि र विकासका जोड दिएका छन् ।
‘शान्ति, सम्बृद्धि र विकासका लागि सुशासनको आवश्यकता छ’ रेग्मीले भने, ‘सुशासन कायम गर्ने क्रममा प्रहरी, सरोकारवाला निकाय र जनता ऐक्यबद्ध भएर लाग्नु अपरिहार्य छ ।’ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नवनिर्मित कार्यालय भवन ३ करोड ४६ लाख लागतमा निर्माण सम्पन्न भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तपाईंको बिचार