Monday, February 18, 2019

चिनियाँ जहाजबाट सात ठाउँमा परीक्षण उडान

प्रकाशित मिति: 2018/10/04

नेपाल एयरलाइन्सले ल्याएका चिनियाँ जहाजट उड्ने भन्दा थन्किने बढी समय हुन्छन्। यात्रुलाई सेवा दिने भनेर ल्याइएका जहाज ह्यांगरमै थन्किदा एकातिर एयरलाइन्सको विश्वानीयता खस्कँदो छ भने अर्कोतिर यात्रुले सरकारी एयरलाइन्सबाट पाउनुपर्ने सहुलियत पाएका छैनन्।

 गएको हप्ता वाइ १२ इ सिरिजका जहाजबाट देशभरका ६ ठाउँमा परीक्षण उडान गरिएको छ। पाइलट अभाव र पाटपुर्जा अभावको कारण देखाउँदै थन्किँदै आएका जहाजबाट परीक्षण उडान गरेपनि व्यावासायिक उडान कहिलेबाटरु

पाइलट र पाटपुर्जाको समस्या यथावत रहेको अवस्थामा एयरलाइन्सले दुर्गममा सेवा कहिलेदेखि दिन्छ दशैको मुखमा चासो झनै बढेको छ।

यो सिरिजका जहाज ४ वटा भएको निगमले अहिले २ वटा जहाज उडाइरहेको जानकारी दिएको छ। तर परीक्षण उडान गरिरहेका ठाउँमा भने नियमित उडान गर्न केही समय लाग्ने देखिएको छ।

अहिले उडान गरेका ठाउँको पर्फमेन्स रिपोर्ट नागरिक उड्डयन प्राधिकरणमा पठाइएको र त्यहाँबाट अनुमति पाएपछि लुक्ला, डोल्पा, जोमशोम, हुम्ला,दाङ जस्ता ठाउँमा पनि नियमित उडान गर्ने नेपाल एयरलाइन्सका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए।

यो सिरिजका जहाज उडान ४ जना क्याप्टेन भएको एयरलायन्सले चारवटै जहाज उडान भने पर्याप्त होइनन्। त्यसका लागि पाइलट खोजी भइरहेको र केही समयभित्रै पर्याप्त पाइलट हुने उनको दावी छ।

आन्तरिक उडानमा अहिले २ वाइ १२ इ एउटा ट्वीनटर र अर्को एमए ६० जहाज तयार रहेको उनले जानकारी दिए। आजदेखि काठमाडौंबाट भोजपुर उडान सुरु भएको उनले बताए। ट्विनटर विग्रिएपछि रोकिएको काठमाडौं भोजपुर उडान आजदेखि सुरु भएको अर्को ट्विनटर पनि २ दिनभित्र उड्ने उनको दावी छ।

तपाईंको बिचार