Tuesday, February 19, 2019

यती एयरलाइन्सको जहाजभित्रै युवतीको मृत्यु, १३ दिनपछि यसरी बाहिरियो घटना

प्रकाशित मिति: 2018/10/04

काठमाडौं । यती एयरलाइन्सको जहाजभित्रै एक किशोरीको मृत्यु भएको छ । तर, ती युवतीको मृत्युको खबर १३ दिनपछि मात्र बाहिरिएको छ ।

भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाइन्सको जहाजमा सवार कपिलवस्तुकी ३० वर्षीया पुष्पा राईको मृत्यु भएको हो । असोज ५ गते यती एयरको दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट काठमाडौं आउँदै गर्दा उनको जहाजमै मृत्यु भएको मृतक राईको पारिवारले जानकारी दिएका छन् । तर, उनको मृत्युलाई गुपचुप राखिएको थियो ।

यती एयरको एटीआर ७२–५०० नामक ७२ सिट क्षमताको जहाजमा यात्रा गरिरहेकै रायमाझी भैरहवाबाट जहाज उडेको १० मिनेटमै अचेत भएको र उपचारमा ढिलो हुँदा मृत्यु भएको परिवारले आरोप लगाएका छन् ।

विमान चढेको १० मिनेटमै अचेत भएर ढलेकी पुष्पालाई जहाज कम्पनीले भैहरवा नै फकौएर छिटो उपचार गराउनेतर्फ ध्यान नदिंदा उनले ज्यान गुमाउनु परेको मृतक पुष्पाका काका विष्णुबहादुर रायमाझीले बताए ।

पुष्पा, उनकी फुपू माया खड्का र ७८ वर्षीय हजुरआमा दाँतको उपचारका निम्ति काठमाडौं आउँदै थिए । यती एयरलाइन्सले लुकाउन चाहेको यो घटना मृतकका परिवारले १३ दिनपछि सार्वजनिक गरेका हुन् ।

मृतक पुष्पाका आफन्त यतीको कमजोरीका कारण जहाजभित्रै पुष्पाको मृत्यु भएको दाबीसहित बुधबार यती एयरलाइन्समा डेलिगेसन गएका छन् । पुष्पाको परिवारले आफूहरूलाई क्षतिपूर्ति दिनुपर्ने, बिमा रकम उपलब्ध गराउनुपर्ने तथा यस्ता लापरबाही भविष्यमा गर्न नहुनेसहितको माग गरेको बाबुराम रायमाझीले बताए ।

भैरहवा–काठमाडौंको करिब ३५ मिनेटको उडान भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा अवतरण गर्नुभन्दा छिटो भैरहवा पुग्न हुने भन्दै पुष्पाका आफन्तले यतीको लापर्बाही भएको दाबी गरेका छन् । पुष्पालाई त्रिभुवन विमानस्थलबाट सीधै एयरलान्इसले नै काठमाडौं मेडिकल कलेज पु¥याएको थियो ।

हस्पिटल लगेपछि पनि आफन्त कसैलाई भेट्न नदिइएको र भोलिपल्ट मात्रै मृत्यु भएको भन्ने बहाना बनाएको रायमाझीको दाबी छ । जहाज चढेको १० मिनेटमै पुष्पाले गाह्रो भयो भनेको मृतक पुष्पासँगै यात्रा गरेकी फुपू माया खड्का बताउँछिन् ।

यता यती एयरलान्इसका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले भने हस्पिटल लगेर उपचार गरिरहेको अवस्थामा घटनाको भोलिपल्ट मात्रै पुष्पाको मृत्यु भएको दाबी गरेका छन् । ‘जहाज भैरहवाबाट उडेको १५ मिनेटपछि पुष्पालाई असहज भएको थियो ।

एयरलाइन्सका कर्मचारीले अक्सिजन दिएको र काठमाडौं टावरलाई खबर गरेर आकस्मिक अवतरणको अनुमति मागिसकेको थियो’, उनले भने । जहाजलाई भैरहवा लैजानुभन्दा काठमाडौंमै अवतरण गर्दा पाँच मिनेट छिटो हुने र काठमाडौंमै राम्रो उपचार हुने भएकाले क्याप्टेनले त्रिभुवन विमानस्थलमै अवतरणको निर्णय गरेको उनले बताएका छन् ।

तपाईंको बिचार