Thursday, April 25, 2019

जुवा अखडामा प्रहरी पुगेपछि हामफाल्दा दुईको मृत्यु

प्रकाशित मिति: 2018/10/06

   
बौद्धस्थित मुलपानीमा प्रहरीले जुवाको खालमा छापा मार्ने क्रममा भाग्दा दुई जुवाडेको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सरोज घले र सानुलाल तामाङ छन् ।

परिसरका प्रमुख एसएसपी वसन्त लामाले दिएको जानकारी अनुसार गएराति परिसरबाट सादा पोशाकमा खटिएको टोली जुवा खेल भइरहेको घरमा पुग्ने वित्तिकै भागाभाग भएको थियो ।

त्यसक्रममा दुई जनाले ३ तलामाथि झ्यालबाट हाम फाल्दा उनीहरु गम्भीर घाइते भएका थिए ।

लगत्तै, प्रहरीले उनीहरुलाई विएण्डबी हस्पिटल लगेको भए पनि केहीवेरमै चिकित्सकहरुले दुवै जनालाई मृत घोषणा गरे ।

प्रहरीले त्यहाँबाट २३ जनालाई पक्राउ गरेको छ  । उनीहरुको साथबाट ४ लाख ४८ हजार रुपैयाँ पनि बरामद भएको छ ।

मुख्य नाइके हेमा गुरुङ भने फरार भएकी छन् । त्यहाँबाट एउटा कार र १० वटा मोटरसाइकल पनि बरामद ।गरिएको परिसरले जनाएको छ ।

थप अनुसन्धान जारी छ ।

तपाईंको बिचार