Monday, February 18, 2019

गण्डकी र प्रदेश १ का वन डिभिजनमा उपसचिवको सरुवा

प्रकाशित मिति: 2018/10/06

काठमाडौँ । गण्डकी र प्रदेश १ अन्तगर्तका जिल्ला डिभिजन वन कार्यालयमा प्रमुख खटाइएको छ । गण्डकीको मुख्यमन्त्री कार्यालयले शुक्रवार र प्रदेश १ को मुख्यमन्त्री कार्यालयले बिहीबार उपसचिवहरुलाई डिभिजन प्रमुखको जिम्मेवारी दिएको हो । 

गण्डकीअन्तर्गत डिभिजन वन कार्यालय स्यांङ्जामा अजय कार्की, तनहुँमा केदार बराल, लमजुङमा प्रभात सापकोटा, गोरखामा इमनाथ पौडेल, पर्वतमा दधी कँडेल, म्याग्दीमा हरिशचन्द्र सापकोटा, कास्कीमा धनञ्जय लामिछाने, नवलपरासीमा विजय सुवेदी र बागलुङमा नारायण दाहाललाई सरुवा गरिएको प्रदेश मन्त्रालयले जनाएको छ ।

यस्तै, उपसचिवहरु हेमराज विष्ट र मेघराज पौडेललाई प्रदेश वन मन्त्रालय र माधव बराललाई प्रदेश वन निर्देशनालयमा सरुवा गरिएको छ ।

प्रदेश १ अन्तर्गत इलाममा श्री बराल, मोरङमा विशाल घिमिरे, सुनसरीमा शिव शर्मा, धनकुटामा रामचन्द्र कँडेल, उदयपुर (गाईघाट) मा विष्णु आचार्य, उदयपुर (कटारी) मा दानबहादुर श्रेष्ठलाई सरुवा गरिएको छ ।

सोलुखुम्बुमा इन्द्र सापकोटा, ताप्लेजुङमा रामकाजी श्रेष्ठ, भोजपुरमा हेमन्त शाह, संखुवासभामा इन्द्रमणी भण्डारी, खोटाङमा ललित कर्ण, तेह्रथुममा सुनिल सिंह, पाँचथरमा मेघराज राई, झापामा विष्णु घिमरे, ओखलढुङ्गामा शान्तमाया श्रेष्ठ र युवराज मास्केलाई प्रदेशको वन मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रदेश ५ का उपसचिवहरुलाई पनि यसै साता सरुवा गरिने प्रदेशको वन मन्त्रालयका सचिव धनञ्जय पौडेलले बताए ।

तपाईंको बिचार