Monday, February 18, 2019

मोटरसाइकल दर्ता १०१ लटबाट शुरू हुँदै

प्रकाशित मिति: 2018/10/09

काठमाडौं । वाग्मतिमा मोटरसाइकल दर्ता १०१ लट देखि शुरु हुने भएको छ । ९९ सय लट पुगेर रोकिएको मोटरसाइकल दर्ता पुन शुरु हुन १०१ लटबाट शुरु हुने भएको हो । मोटरसाइकल दर्ता पुन शुरु गर्ने प्रक्रिया मन्त्रिपरिषदमा पुगेको छ । विभागले कुन मोडलमा नयाँ दर्ता भन्ने विषय छलफल गरि मन्त्रिपरिषदमा पेस गरिसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र अमेरिकाबाट पर्किएपछि गत सोमबार बसेको मन्त्रिपरिषद बैठकमा प्रस्ताव पेस गर्न समय अपुग भएपछि सो निर्णय हुन सकेको थिएन । मोटरसाइकल दर्ता प्रक्रिया अब १०१ बाट शुरु हुने यातायात व्यवस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले बताए । उनका अनुसार सोमबारको मन्त्रिपरिषदमा समय अपुग भएपछि प्रस्ताव हुन सकेको थिएन ।

मन्त्रिपरिषदको अर्को बैठकको अहिले नै टुङगो लागिनसकेको मुख्य सचिव लोकदर्शन रेग्मीले बताए । उनले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले कानूनी मापदण्ड नभएकोले दर्ता प्रक्रिया रोकिएको जानकारी आएको बताए । यदि प्रस्ताव आएको भए अबको मन्त्रिपरिषदले पास गर्ने मुख्य सचिव रेग्मीले जानकारी दिए ।

यसअघि मोटसाइकलमा प्रयोग गरिने लट नम्बर १०० पुगेपछि वाग्मतिमा मोटरसाइकल दर्ता रोकिएको थियो । विभागको अनुसार हाल देशभर सवारीसाधनको संख्या ३२ लाख पुगेका छन् । त्यसमध्ये २५ लाख भन्दा बढी मोटरसाइकल रहेका छन् । वाग्मतिमा मात्रै मोटरसाइकलको संख्या १० लाख पुगेको छ ।

भोलीदेखि सार्वजनिक यातायातलाई रुट फ्री

विभागले घटस्थापनाको दिनदेखि ३१ गतेसम्म सार्वजनिक यातायातलाई रुट फ्री गर्ने भएको छ । दशैं अवधिभर बसहरुलाई देशभर रुट परमिट खुल्ला गर्ने भएको हो ।

दशैंको समयमा उपत्यका बाहिरिने यात्रुको चाप उच्च हुने भएकोले यातायात सेवा प्रभावकारी बनाउन रुट परमिट खुल्ला गरेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । उनका अनुसार ३१ गतेसम्म सार्वजनिक बसले जुनसुकै रुटमा यात्रु लिएर हिड्न पाउनेछ ।

यात्रुहरु ग्रुपमा मिलेर आफैंले बस रिजर्भ गर्न सक्ने यातायात व्यवसायी राष्ट्रिय महासंघका सचिव सरोज सिटौलाले बताए । यसको लागि टिकट काउन्टर र यातायात समितिको निर्भर रहनु नपर्ने सिटौलाले बताए । हालसम्म १० लाख भन्दा बढी मानिस उपत्यका बाहिरीसकेका सिटौलाले जानकारी दिए ।

दशैं मनाउन उपत्यकाबाट २० लाख भन्दा बढी यात्रु उपत्यका बाहिरिने भएकाले यात्रु सहजताको लागि विभागले रुट परमिट खुल्ला गरेको हो । अब उपत्यकाभित्र चल्ने यात्रुवाहक सवारीलाई बाहिर यात्रु बोक्ने बाटो खुलेको छ ।

यसैगरी विभागले मोटरसाइकल कार लगायत सवारी बोक्ने मल्टिएक्ली ट्रायक्टर टेलरलाई नारायणघाटदेखि काठमाडौंसम्म प्रवेशमा रोक लगाएको छ । अब ती टेलरहरु असोज ३१ गते पछि मात्रै काठमाडौं प्रवेश गर्न पाउनेछन् ।

विभागको ४ वटा अनुगमन टोली

विभागले विभागले दशैं अवधिभर ४ वटा टोली बनाएर अनुगमनमा खटाएको छ । विषेशगरी माइक्रोबसले मनोमानी रुपमा भाडा असुली गरेको पाइएको प्रवक्ता उपाध्ययले बताए । उनका अनुसार त्यस्ता बसहरुलाई भाडा फिर्ता गर्न लगाउने र तत्काल आवश्यक कारबाही गर्ने गरिएको छ । कुनै पनि समितिको टिकट सकिएमा तत्काल २ वटा थप बस थप्ने व्यवस्था मिलाइएको छ ।

तपाईंको बिचार