Wednesday, April 24, 2019

अधिकारीद्धारा नुवाकोट तारकेश्वरका क्लबहरुलाई आर्थिक तथा खेलकुद साम्रगी प्रदान

प्रकाशित मिति: 2018/10/16

काठमाडौं । गन्तव्य नेपाल गुप्रका अध्यक्ष तथा नुवाकोट तारकेश्वर गाउँपालिकाका सामाजिक अभियन्ता शिव अधिकारी (अविरल) ले नुवाकोट तारकेश्वर गाउँपालिका वडा नं ३ कौछिनी स्थित कौछिनी युवा क्लबलाई भवन पूर्ण रुपमा निर्माण गर्नको लागि रु. ५० हजारको चेक कौछिनी क्लबलाई हस्तान्तरण गरेका छन् । अधिकारीले यसअघि पनि उक्त क्लब निर्माणको लागि रु. १ लाख प्रदान गरिसकेका छन् ।

त्यसैगरी अधिकारीले तारकेश्वर गाउँपालिकाकै वडा नं १ स्थित दाङसिङमा रहेको सिर्जनशिल समाज सुधार युवा क्लबलाई पनि खेलकुद साम्रगीहरु (फुटबल ४ थान, भलिबल २ थान, भलिबल नेट १ थान, ब्याडमिन्टन १ सेट, कक १ दर्जन, पम्प १ थान, खेलकुद पोशाक १२ थान) र स्वास्थ्य सेवाको लागि १ थान स्टेचर प्रदान गरेका छन् ।
 
अधिकारीले निरन्तर रुपमा तारकेश्वर गाउँपालिकाभित्र विद्यालय निर्माण, स्वास्थ्य सेवा केन्द्र निर्माण, मोटर बाटो निर्माण तथा दर्जनौं युवा क्लबलाई सहयोग गर्दै आइरहेका छन् । उनले महिला सशक्तिकरण अभियान अन्तर्गत आमा समूह, कृषि समूह, एक महिला समूहहरुलाई आर्थिक आर्यआर्जनको श्रीवृद्धि गर्नको लागि आर्थिक सहयोग पनि गर्दै आइरहेका छन् ।
 
गन्तव्य नेपालसँग  संक्षिप्त कुराकानी गर्दै अधिकारीले तारकेश्वरका युवाहरुलाई जागरुक गराउन तथा महिला सशक्तिकरण गर्नको लागि यस्ता सहयोगहरुलाई निरन्तरता दिएको बताउँदै अगामी दिनहरुमा पनि यस्ता अभियान आक्रामक रुपमा लैजाने बताए । उनले विकास निर्माण र सहयोगको सवालमा आफूले राजनीतिक रंग दिएर काम नगर्ने आफ्नो स्वभाव रहेको बताउँदै विकासका लागि राजनीतिभन्दा माथि उठेर सबैले आ–आफ्नो तहबाट योगदान गर्न पनि सबैलाई आग्रह गरेका छन् ।
 

तपाईंको बिचार