Wednesday, November 20, 2019

प्रचण्ड शुक्रबार दिल्ली जाँदै

प्रकाशित मिति: 2018/10/25

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन् ।
इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘इन्डिया आइडिया कन्क्लेभ–२०१८’ कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड दिल्ली जान लागेका हुन् ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी ओली शर्मासँगको सल्लाह अनुसार शुक्रबार बिहान ८ बजे नयाँ दिल्ली गएर सोही दिन बेलुका फर्कने कार्यतालिका तय गरिएको छ ।
उक्त कार्यक्रममा प्रचण्डले सम्बोधन गर्ने बताइएको छ ।
इन्डिया फाउन्डेसनका अध्यक्ष राम माधव रहेका छन् । उनी सत्तारुढ भारतीय जनता पार्टीका महासचिव पनि हुन् ।
यता, नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरी बिहीबार काठमाडौँ आउँदै छन् ।
यहाँ रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट्ने बताइएको छ ।
साथै, पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई समेत सम्बोधन गर्ने  सो पार्टीले जनाएको छ ।
 

तपाईंको बिचार