Thursday, July 18, 2019

नेपाली कांगे्रस तारकेश्वर गाउँपालिकाले कार्तिक १७ गते विशेष कार्यक्रम सहितको चियापान गर्ने

प्रकाशित मिति: 2018/10/26

नुवाकोट । नुवाकोट जिल्ला नेपाली कांगे्रस तारकेश्वर गाँउपालिकाले यही कार्तिक १७ गते शनिबार दशैं तथा तिहार, नेपाल सम्वत ११३९ र छठ पर्वको अवसरमा विशेष सास्कृतिक कार्यक्रमसहितको बृहत चियापान कार्यक्रम गर्ने भएको छ ।  

तारकेश्वर गाउँपालिकास्थित दाङ्सिङ जब्बर चौरमा बिहान ११ बजेबाट शुरु हुने उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रभावशाली नेता अर्जुन नरसिंह केसीलगायत नोपली कांगे्रस जिल्ला सभापति जगदिश्वर नरसिंह केसी, महासमिति सदस्य एवं पूर्व जिल्ला सचिव रमेश कुमार महतलगायत नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ ।

नेपाली कांग्रेस तारकेश्वर गाउँपालिका संयोजक होम बहादुर तामाङले गन्तव्य नेपालसँग संक्षिप्त कुराकानी गर्दै तारकेश्वर भित्रका आम जनसमुदायमा भाइचारको सम्बन्धको अभिवृद्धि गर्ने र पार्टीलाई थप उर्जा दिनको लागि विशेष सास्कृतिक कार्यक्रम सहितको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम राखिएको बताएका छन् । उनले तारकेश्वर गाउँपालिका लगायत प्रजातान्त्रिक विचार धारामा आस्था राख्ने सबैलाई उक्त चियापान कार्यक्रममा सहभागिता जनाउनका लागि हार्दिक अनुरोध समेत गरेका छन् ।

उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने पनि आयोजकले जनाएको छ ।

 

तपाईंको बिचार