Thursday, April 25, 2019

अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण चितवनमै हुने दाहालको घोषणा

प्रकाशित मिति: 2018/10/29

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले चितवनमै अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाइने घोषणा गरेका छन्।
भरतपुर महानगरपालिकामा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला चितवनमै बनाउने घोषणा गरेका हुन्।
आफूले प्रधानमन्त्रीसँग यस विषयमा कुरा गरेको स्मरण गर्दै उनले प्रधानमन्त्रीको चाहना पनि चितवनमै रंगशाला बनाउने भएकाले आफूले घोषणा गरेको बताए।
‘मैले हिजो मात्रै पनि प्रधानमन्त्री केपी ओलीसँग भेटमा कुरा राखेको थिएँ, उहाँले क्रिकेट रंगशाला चितवनमै निर्माण हुन्छ तपाईँले घोषणा गरिदिनुस् भन्नुभयो’, त्यसैले मैले घोषणा गरिदिएँ,’ दाहालले भने।
अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउनका लागि धुर्मुस(सुन्तली फाण्डेसनले पनि चितवनकै जग्गालाई उपयुक्त मानेको थियो। फाउन्डेसनले अन्तराष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन रामपुरमा रहेको जग्गा महानगरपालिकासँग माग गरेको थियो ।
त्यो जग्गा त्रिभुव विश्वविद्यालयसँग रहेकाले अझै टुंगो भने लाग्न बाँकी छ । त्यो जग्गा कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई हस्तान्तरण गरेम मात्रै रंगशाला निर्माणको ढोका खुल्नेछ ।
भरतपुर महानगरपालिकालले रामपुरस्थित जग्गाको साटो कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई साविक चित्रवन नगरपालिका अन्तर्गतकै सार्वजनिक जग्गा दिने निर्णय गरिसकेको छ ।
केही दिन घि मात्र एक सार्वजनिक कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पनि चितवनमै अन्तराष्ट्रिय क्रिकेट रगंशाला निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएकी थिएन्। उनले रंगशाला निर्माणका लागि रामपुरमा रहेको जग्गा बारे त्रिभुव विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र भरतपुर महानगरपालिकाबीच एक किसिमको समझदारी भईसकेको स्मरण गराएकी थिइन्।

तपाईंको बिचार