Friday, April 26, 2019

राष्ट्रपति विद्यादेवी भण्डारी कतार भ्रमणमा

प्रकाशित मिति: 2018/10/29

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी केहीबेर अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतार प्रस्थान गरेकी छन् ।
उनलाई विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुनसहित सरकारका उच्चपदस्थ अधिकारीहरुले विदाई गरेका थिए ।
 कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणमा राष्ट्रपति कतार प्रस्थान गरेकी हुन् । सो अवसरमा उनलाई नेपाली सेनाले सलामी अपर्ण गरेको थियो ।
कात्तिक १५ गतेसम्मको  भ्रमणमा  उनले विभिन्न समझदारीपत्रमा हस्ताक्षर र भेटवार्ता  गर्ने कार्यक्रम रहेको छ ।
 राष्ट्रपति भण्डारीले दोहास्थित नेपाली दुतावास र त्यहाँको नेपाली समुदायसँग भेट्ने कार्यक्रम रहेको छ ।


 

तपाईंको बिचार