Monday, February 18, 2019

प्रधानमन्त्री ओली आजै डिस्चार्ज हुनसक्ने

प्रकाशित मिति: 2018/11/01

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ। त्रिवि शिक्षण अस्पतालले बिहीवार बिहान प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएको जनाएको छ। बिहीबार बिहान गरिएको रगत परीक्षण तथा छाती एक्स रे आदिको रिपोर्टहरू सामान्य रहेको र स्वास्थ्य स्थिति सन्तोषजनक रहेको विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्रीको रगत परीक्षण तथा छाती एक्स रे आदिको रिपोर्टहरू सामान्य रहेको र स्वास्थ्य स्थिति सन्तोषजनक रहेको कारण आजै डिस्चार्ज हुनसक्ने सम्भावना रहेको अस्पताल स्रोतले जनाएको छ। छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित भई सोमबार बिहान अस्पताल भर्ना गरिएका प्रधानमनत्री ओलीको उपचारमा निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाह, मुटु रोग विशेषज्ञ डा. अरुण सायमी, क्याबिनेट चिकित्सक तथा कलेजो विशेषज्ञ डा. दिलिप शर्मा र एनेस्थेसियाका डा. सुवास आचार्य छन्।

 

तपाईंको बिचार