Wednesday, September 18, 2019

उखु किसानको पैसा नतिरेर पक्राउ परेका अग्रवाल नर्भिकको आइसियुमा

प्रकाशित मिति: 2018/11/01

 काठमाडौं । उखु किसानको ४७ करोड रुपैयाँ भुक्तानी नदिएको अभियोगमा बुधबार पक्राउ परेका राकेश अग्रवाललाई छातीमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। इन्दिरा सुगर एण्ड एग्रो इन्डस्ट्रिज नवलपरासी र अन्नपूर्ण सुगर मिल्स सर्लाहीका संचालक अग्रवाललाई छातीमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालको अति सघन कक्ष (आइसियु)मा भर्ना गरी उपचार भइरहेको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए। अस्पतालले डिस्चार्ज गरेलगत्तै अग्रवाललाई आवस्यक कारबाहीका लागि नवलपरासी पठाइने प्रहरीले जनाएको छ। अग्रवालमाथि किसानको ४७ करोड २७ लाख भुक्तानी नदिएको अभियोग छ।

 

तपाईंको बिचार