Friday, July 19, 2019

ग्राउन्डेडमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज ६ घण्टा

प्रकाशित मिति: 2018/11/02

नेपाल एयरलाइन्सको अन्नपूर्ण नामको  एयरबस ए३३० जहाज कतारको दोहामा ग्राउन्डेड भएको छ। जहाजमा प्राविधिक समस्या भएपछि दोहामा ६ घण्टा बढी थन्किएको हो।
नाइन एन एएलवाई कलसाइन भएको यो जहाजको जहाजमा प्राविधिक समस्या भएपछि ग्राउन्डेड भएको एयरलाइन्सका साहयक प्रवक्ता शैलेश कंसाकारले जानकारी दिए।
यद्यपी जहाजको ब्रेक पार्टसमा केही समस्या भएको र अहिले मर्मत भएर उडान तयार भएको उनले जानकारी दिए।
शुक्रबार बिहान  १० बजे काठमाडौं पुग्नुपर्ने जहाजमा आउनुपर्ने यात्रुलाइ विमास्थलमै राखिएको थियो। विमानस्थलमै यात्रुलाइ खाना र स्न्याक्सको व्यवस्था गरेर राखिएके उनले बताए।
बिहीबार राति ११ बजे काठमाडौ‌ंबाट गएको उक्त जहाजमा समस्या देखिएपनि उडान स्थगन नगरी यात्रुलाई वोर्डिङ पास उपलब्ध गराइएको थियो।
यसअघि भर्खरै अर्को वाइड बडी जहाज भदौमै ग्राउन्डेड भएको थियो।
जहाजमा प्राविधिक समस्या आउनुलाइ सामन्य रुपमा लिए पनि त्यसको तत्काल मर्मत सम्भारको व्यवस्था नगर्दा यात्रुहरुले अनाहकमा दुख पाउने गरेका छन्। यसले एयरलाइन्सको विश्वासनियतामा पनि प्रश्न उठाउने गरेको छ।

तपाईंको बिचार