Tuesday, November 12, 2019

नेपाली कांगे्रस तारकेश्वर गाउँपालिकाको शुभकामना तथा बृहत सांगीतिक कार्यक्रम सम्पन्न

प्रकाशित मिति: 2018/11/05

काठमाडौं । नेपाली कांगे्रस तारकेश्वर गाउँपालिका, नुवाकोटले दशैं, तिहार, छठ तथा नेपाल संवदलगायत नेपालीहरुको चाडपर्वको शुभकामना आदनप्रदान तथा चियापानसहितको बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । तारकेश्वर गाउँपालिकास्थित दाङसिङ, जबरे चौरमा एक भव्य कार्यक्रमका बीच सम्पन्न उक्त कार्यक्रमको उद्घाटन नेपाली कांगे्रसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले गरेका थिए ।
कार्यक्रममा पूर्वमन्त्री केसीले कांगे्रसले देशव्यापी रुपमा संगठन विस्तार तथा मजबुद गर्ने अभियान अघि बढाएको बताए । गाउँमा आफ्नो पार्टीको नेता तथा कार्यकर्ताहरुलाई दुख दिने गरेको सुचना आइरहेको बताउँदै उनले आफ्नो नेता तथा कार्यकर्तामाथि हेपाह प्रबृत्ति नरोकिए आफू त्यसको सशक्त प्रतिकारमा उत्रन बाध्य हुने चेतावनीसमेत दिए ।
नेपाली कांगे्रस जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले तारकेश्वरभित्र सामाजिक काम गर्ने व्यक्ति तथा संस्थाहरुप्रति राम्रो व्यवहार नगरेको र गाउँपालिकाको नाउँमा अराजकता मच्चाउने प्रबृत्ति हाबी भएको भन्दै यस्तो कार्य नरोकिए आफ्नो पार्टी चुप लागेर नबस्ने बताए ।
त्यसैगरी पूर्व जिल्ला सचिव तथा यूवा नेता रमेश महतले आफुहरुले विकास निर्माणमा कुनै अवरोध नगर्ने भन्दै विकासप्रेमीहरुलाई प्रोत्साहन गर्ने खालको व्यवहार गर्न गाउँपालिका तथा सम्बन्धित निकायलाई आग्रह गरे । दुई तिहाईको दम्भबाट ग्रसित मानसिकता बढेको भन्दै उनले आफ्नो कार्यकर्ताहरुको संरक्षणका लागि आफुले जुनसुकै मुल्य चुकाउन पनि तयार रहेको उद्घोषसमेत गरे ।
नेपाली कांगे्रस तारकेश्वर गाउँपालिकाका संयोजक होमबहादुर तामाङले तारकेश्वरभित्रका आम जनसमुदायमा भाईचाराको सम्बन्ध अभिबृद्धि गर्न र पार्टीलाई थप उर्जा दिनका लागि यो कार्यक्रम आयोजना गरिएको बताउँदै आगामी दिनहरुमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।  
कार्यक्रममा नेपाली कांगे्रस जिल्ला सचिव शिव दाहाल, पार्टी प्रवक्ता राजु थापा, पूर्व जिल्ला सचिव कृष्ण कुईकेल, पूर्व जिल्ला सदस्य केशब अर्याल, महिला सशक्तिकरण अभियन्ता तथा समाजसेवी शिव अधिकारी, जिल्ला स्तरका भातृ संगठनका प्रमुख तथा प्रतिनिधिहरु, क्षेत्रीय सदस्य गोविन्द तिवारी, पूर्व क्षेत्रीय सदस्य मान बहादुर तामाङ, तादी गाउँपालिका संयोजक तथा गाउँपालिका अध्यक्ष नारायण पाण्डेको उपस्थिति रहेको थियो ।
त्यस्तै सुर्य गडि गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाथोकी, विदुर नगरपालिका ७ इकाई सभापति बसन्त जंग ठकुरी, तारकेश्वर २÷३ वडा ईकाई सभापति हरि श्रेष्ठ, ४ नम्बर वडा ईकाई कार्यबहाक सभापति शिव श्रेष्ठ, ५ नम्बर वडा ईकाई सभापति भिमबहादुर तामाङ, ६ नम्बर वडा इकाई सभापति ज्ञान प्रसाद रिमाल र उपसभापतिहरु न्वराज खनाल, रमेश अधिकारी, तारकेश्वर गाउँपालिका वडा अध्यक्षहरु १, ३ र ६ का क्रमश दयानिधि अधिकारी, सुर्यमान श्रेष्ठ र ज्ञानेन्द तामाङ, मेघाङ गाउँपालिका वडा अध्यक्षहरु रुपबहादुर तामाङ, आतम सिंह तामाङ, टे«ड युनियन कांगे्रस जिल्ला उपाध्यक्ष मञ्जु प्रधान, तारकेश्वर शिक्षक संघ अध्यक्ष हरिहर पण्डित, पूर्व इकाई सभापति तिर्थराज अधिकारी, नुर प्रसाद रिमाललगायत गाउँपालिका कार्यसमितिका सदस्यहरु, भातृसंगठनका प्रतिनिधिलगायत एक हजार भन्दा बढि नेता तथा कार्यकर्ताहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
सो अवसरमा चर्चित तामाङ सेलो कलाकार पुष्प वाइबा, रितु वाईबा, एम आर सी (शुसान्त), एम बि गुरुङ, हास्य कलाकार दिनेश तामाङ, दोहोरी गायिका सन्तोषी कार्की, सरस्वती अधिकारीलगायतका कलाकारहरुको विशेष प्रस्तुति रहेको थियो ।  

 

तपाईंको बिचार