Thursday, April 25, 2019

आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा सुरु

प्रकाशित मिति: 2018/11/06

काठमाडौं । हिन्दुहरूको चाड तिहार सुरु भएसँगै प्रहरीले तिहारको समयमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा व्यस्थासमेत अपनाइसकेको छ । रमाइलो गर्ने बहानामा जुवातास खेल्ने, पटका पड्काउने र होहल्ला गर्नेलाई सार्वजनिक अपराधदेखि विस्फोटक पदार्थ ओसारपसारसम्मको मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले कहीकतै पटका, भुइचम्फालगायतका विस्फोटक पदार्थ पट्काउने तथा बिक्री वितरण गर्नेलाई तत्काल कारबाही गर्ने सिभिल प्रहरी परिचालन गरेको परिसरका प्रमुख एसएसपी वसन्त लामाले बताए । एसएसपी लामाले भने, ‘हामीले तिहारलाई सुरक्षित बनाउने तयारी गरेका छौँ । कसैले पनि पटकालगायत प्रजल्वशील पदार्थ पट्काए तत्काल समातेर कारबाही गर्छैं ।’

प्रहरीले राजधानी भित्रिने विभिन्न नाकामा पटकालगायतका पदार्थको चेकिङमासमेत कडाइ गरेको प्रहरीको दाबी छ । अहिलेसम्म प्रहरीले लाखौँको पटकासमेत बरामद गरेको एसएसपी लामाले जानकारी दिए । ‘तपाईँको टोलमा कसैले पटका पट्काएको सुन्नु भयो भने हामीलाई खबर गर्नुहोला तुरुन्त कारबाही गर्छौँ ।’ (एसएसपी लामाले भने ।

त्यस्तै प्रहरीले देउसीभैलो खेल्न पनि निश्चित समय तोकेको छ । रातीको समयमा १० बजेदेखि देउसी भैलो खेल्न नखेल्नसमेत अनुरोध गरेको छ । एसएसपी लामाले भने, ‘सुरक्षाको मध्यनजर गर्दै रातीको समयमा देउसीभैलो नखेल्न अनुरोध गरेका हौँ ।’ जुवातास र ओखर खेल्ने समूहको पनि प्रहरीले  निगरानी बढाएको छ ।

तपाईंको बिचार