Monday, February 18, 2019

ग्याँस बुलेट दुर्घटनामा दुईको मृत्यु, सडक अवरुद्ध

प्रकाशित मिति: 2018/11/11

धादिङ । धादिङको रोराङ गाउँपालिका ५ स्थित बिशालटारमा ग्यास बुलेट दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

काठमाडौंतर्फ आइरहेको सो बुलेट सडकबाट करीब २०० मिटर तल खस्त पुगेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

प्रहरीका अनुसार दुर्घटनापछि ग्यास लिकेज भएको छ भने सोको नियन्त्रण प्रयास भइरहेको छ । दुर्घटनापछि अहिले राजमार्ग समेत अबरुद्ध बन्न पुगेको छ ।

तपाईंको बिचार