Monday, February 18, 2019

हरियो वन प्रदेश १ को धन

प्रकाशित मिति: 2018/11/18

 उदयपुर । प्रदेश १ मा १४ जिल्ला पर्दछन्। जसमा ११ लाख ३४ हजार २ सय ५० हेक्टर वन क्षेत्र छ। प्रतिशतका हिसाबले यो प्रदेश १ मा सय प्रतिशतमा ४४ दशमलव ७४ प्रतिशत वन क्षेत्रले ओगटेको छ। सातै प्रदेशको तथ्याङकअनुसार प्रदेश १ तेस्रो स्थानमा छ। नेपालमा कुल क्षेत्रफलको ६६ लाख १० हजार अर्थात् झन्डै ४४ दशमलव ७४ प्रतिशत वनक्षेत्र पर्दछ। प्रदेश १ मा क्षेत्रफलको आधारमा सबैभन्दा बढी वन क्षेत्र उदयपुरमा छ। जसमा ६५ दशलमव २६ प्रतिशत छ भने सबैभन्दा कम झापामा १० दशमलव ९४ प्रतिशत रहेको तथ्यांकले देखाउँछ। वन क्षेत्रको सदुपयोगबाट पनि प्रदेश १ लाई सम्बृद्धि बनाउन सकिन्छ। वनबाट उत्पादित विभिन्न कच्चापदार्थ र जडीबुटीमा ध्यान दिन जरुरी छ। प्रदेश १ बाट १ करोड ७ लाख ३४ हजार ९ सय ३० दशमलव २ क्युफिट काठ बर्सेनि बिक्री वितरण हुने सरकारी तथ्यांक पाइन्छ। प्रदेश १ मा तराईका सिमसार वनदेखि चुरे पर्वत महाभार र हिमाली क्षेत्रका वन क्षेत्रसमेत छन्। वन क्षेत्र विभिन्न कारणले दोहन भइरहेका बेला वन क्षेत्र अतिक्रमणलई रोक्दै प्रदेश सरकारले वनलाई नै भरपर्दो आम्दानीको स्रोत बनाउनुपर्ने देखिन्छ।

तपाईंको बिचार