Tuesday, November 12, 2019

लम्साल र अधिकारीद्वारा तारकेश्वरको दाङ्सिङ् माविलाई खेलकुद तथा स्वास्थ्य सामाग्री प्रदान

प्रकाशित मिति: 2018/11/18

काठमाडौं । बरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी मोहन लम्साल, गन्तव्य नेपाल ग्रुपका अध्यक्षसमेत रहेका स्थानीय सामाजिक अभियन्ता शिव अधिकारी (अविरल)को नेतृत्वमा शनिबार नुवाकोट तारकेश्वर गाउँपालिका दाङ्सिङ् स्थित दाङ्सिङ् माविमा अध्ययन अध्यनरत विद्यार्थीहरुको प्रयोजनको लागि खेलकुद साम्रगीहरु (फुटबल ४ थान, भलिबल २ थान, भलिबल नेट १ थान, ब्याडमिन्टन १ सेट, कक १ दर्जन, पम्प १ थान र स्वास्थ्य सेवाको लागि १ थान स्टेचर प्रदान गरेका छन् । सोही कार्यक्रमका बिच प्लास्टिक मुक्त अभियान स्वरुप अफ्रिकन तीन नागरिकले दाङ्सिङ् मावि, भमरा र ढाँडाखर्कमा रहेको विद्यालयलाई १ हजार थान बाँसबाट बनेको दाँत माझ्ने ब्रस प्रदान गरेका थिए । उक्त टोलीमा साउथ अफ्रिकन तीन नागरिक, वडा अध्यक्ष दयानिधि अधिकारी र समाजसेवीहरु सन्तलाल तामाङ, केशव ढुंगाना, चक्र तामाङ र जितेन तामाङ लगायतको समेत सहभागीता रहेको थियो ।

 
२०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त उक्त विद्यालयको अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन । बरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी मोहन लम्सालले स्वीस नागरिक रोय फ्रान्सिज्को आर्थिक सहयोगमा ७ कोठे पक्की भवन निर्माण गर्ने घोषणा गर्नुभयो । लम्सालकाअनुसार उक्त भवनमा ६ वटा कोठा र अत्याधुनिक हटसावरसहितको बाथरुम, शौचालय बन्नेछ । उक्त भवन निर्माणका लागि करिब ५० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । दाङ्सिङ् स्थित पुरानो भवनमा भएको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रध्यानाध्यापक, विद्यार्थी, स्थानीयलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

तपाईंको बिचार