Tuesday, November 12, 2019

राष्ट्रिय कविता महोत्सव २०७५ का लागि २० जना कवि छनोट

प्रकाशित मिति: 2018/11/19

नुवाकोट । नेपाली भाषा तथा साहित्यको उत्थान र सम्वद्र्धनका लागि नुवाकोटमा राष्ट्रिय कविता महोत्सव २०७५ हुने भएको छ । आगामी मंसिर १५ गते हुन गइरहेको दोश्रो राष्ट्रिय कविता महोत्सवको लागी २० जना कवि र  कविता छनोट गर्ने काम सम्पन्न भइसकेको छ।

नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेलले देशभरीबाट २४८ वटा कविता मध्ये २० वटा कविता र कविको छनोट गरिएको जानकारी दिए ।

प्रतियोगीतामा प्रथम स्थान हासिल गर्नेलाई नगद ५० हजार, दोश्रो हुनेलाई ३० हजार र तेश्रो हुने दुई जनालाई नगद रु २० हजार सहित प्रमाणपत्र प्रदान गरिने प्रचारप्रसार उपसमितिका संयोजक मुकुन्दराज अर्यालले बताए ।

तपाईंको बिचार