Tuesday, April 23, 2019

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्दै, वाइड बडी विमानबारे छलफल हुने

प्रकाशित मिति: 2018/11/23

 काठमाडौ‌ं ।  प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक शुक्रबार बस्दैछ। समितिको सचिवालय सिंहदरबारमा बिहान साढे ११ बजे बस्ने बैठकमा वाइडबडी जहाज खरिद सम्बन्धमा छलफल हुने कार्यसूची रहेको समितिका सदस्य पुष्पा भुसालले जानकारी दिइन्। नेपाल वायुसेवा निगमले खरिद गरेको दुईवटा वाइड बडी जहाजमा भ्रष्टाचार भएको भन्दै समितिले यस विषयको छानविन गर्न भन्दै छलफल गर्न लागेको हो। निगमले गएको जेठ र असारमा दुईवटा वाइड बडी खरिद गरेको थियो। निगमले दुई थान वाइड बडी जहाज २२ अर्ब ६३ करोड रुपैयाँमा खरिद गरेको थियो। त्यस्तै शुक्रबारकै बैठकमा तारागाउँ विकास समितिबारेमा पनि छलफल हुने जनाइएको छ। बैठकमा नेपाल भ्रमण वर्ष २०२० का सम्बन्धमा पनि छलफल हुनेछ।

 

तपाईंको बिचार