Friday, July 19, 2019

महामन्त्री काफ्लेलाई हृदयाघात

प्रकाशित मिति: 2018/11/23

काठमाडौं । नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयाघात भएको छ । काफ्लेलाई आज बिहान ९ः४५ बजे हृदयाघात भएको हो ।
उनलाई बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्र सघन उपचार कक्ष (सिसियु) मा राखेर उपचार भइरहेको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिएका छन् । काफ्ले नेविसंघको ११ औं महाधिवेशनबाट निर्वाचित महामन्त्री हुन् ।

तपाईंको बिचार