Tuesday, April 23, 2019

लफडामा परेको चिनियाँ जहाजको उडान शुरुः मासिक पचास लाख आम्दानी

प्रकाशित मिति: 2018/11/23

काठमाडौं। नेपाल र चीनबीच ०६९ मंसिरमा दुर्इवटा जहाज अनुदान र चार वटा जहाज साढे तीन अर्ब रुपैयाँमा खरीद गर्ने सम्झौंता भयो।  यो सम्झौंता अनुसार ०७१ वैशाखमा ५६ सीटे एमए-६० जहाज चीनले दियो।
नेपाल वायु सेवा निगमका लागि आएको चिनियाँ जहाज नेपाल आउनेवित्तिकै लफडैलफडा सुरु भयो। चीनले उपलब्ध गराएको जहाजलार्इ नेपाल नागरिक उड्ययन प्राधिकरणले समेत एयर अपरेशन सर्टिफिकेट-एओसी_ दिनै आनकानी गर्यो।चीनले अंग्रेजी भाषा बुझ्ने इन्स्ट्रक्टर पाइलट-आइपी_ उपलब्ध गराउन नसकेर यो जहाज त्यतिकै थन्किएर बस्यो।
चीनबाट ल्याएको १८ सीट क्षमताको वाई–१२ई जहाज चार वटा र एमए -६० दुर्इवटा जहाजले सहज रुपमा उड्न पाएन। चीनबाट  ल्याइएको यो जहाजमा सुरक्षाको प्रश्न समेत उठ्यो। यस्तै लफडैलफडमा परेको यो जहाज ग्राउण्डेडमै धेरै समय वित्यो। चिनियाँ जहाज निगमको सेड्युलभित्रनै परेन्। निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले समेत ठूला जहाज ल्याउन मात्रै ध्यान दिए। कंसाकारको ध्यान चिनियाँ जहाज चलाउने विषय भन्दा एयरवस कम्पनीका ३३० जहाज ल्याउनेतर्फ मात्रै धेरै समय विताए।
झण्डै चार वर्ष त्रिभुवन विमानस्थलको चउरमा थन्किएको जहाज निगमको कार्यकारी अध्यक्षको रुपमा मदन खरेल भित्रिएपछि सफा गर्न थालियो। उनी आउनेवित्तिकै चिनियाँ जहाज उडाउन पहल गर्नुमा उनकै पालामा चीनले केही जहाज हस्तान्तरण गरेको थियो। ०७१ असारमा खरेल महाप्रवन्धक हुँदा चीनले वाई–१२ई जहाज हस्तान्तरण गरेको थियो। यो जहाज थन्काएर राखिएकोमा उनी पहिलेदेखिनै असन्तुष्ट थिए।
उनी कार्यकारी भएर आएपछि चउरमा थन्किएको जहाज उनी आएको साता दिनमै चारवटा जहाजको प्रुफिङ फ्लाइट सुरु भयो। चिनियाँ दुर्इवटा जहाज वार्इ १२ र एमए ६० जहाज भने अझै ग्राउण्डेडनै छ। प्राधिकरणले लुक्ला, सिमीकोट, जुफाल, मुगुको ताल्चामा परीक्षण उडान सफल भयो।
परीक्षण उडान सफल भएपछि उनै खरेलले जहाज उडाउन चाँजोपाँचो मिलाए। असोज १९ गतेबाट चिनियाँ जहाजले ती क्षेत्रमा व्यवसायिक उडान सुरु गर्यो। यो व्यवसायिक उडानले निगमको स्टोल रुटमा चमत्कारिक आम्दानी गर्न थालेको छ। कार्यकारी अध्यक्ष खरेलका अनुसार चिनियाँ जहाजले मासिक ५० लाख रुपैयाँ आम्दानी गरिरहेको छ।
’१८ सीट क्षमताको वार्इ-१२ जहाजले लुक्लामा साताको तीन दिन उडान गरिरहेको छ। त्यो प्रत्येक उडानमा १४ जना यात्रु हुन्छन्’ खरेलले भने,’अरु गन्तब्यमा समेत यात्रुको चाप राम्रो छ। चिनियाँ जहाजले निगमलार्इ राम्रो भरथेग गर्न थालेको छ।’ सुरुमा चिनियाँ जहाज उडाउन खरेललार्इ हम्मेहम्मेनै पर्यो।
चिनियाँ जहाज उडाउनका लागि पाइलटको आत्मविश्वास समेत बढाउन आवश्यक थियो। केही पहिलासम्म निगमभित्रका उच्च अधिकारीले सुरक्षामा प्रश्न उठाएकाले पाइलटले चिनियाँ जहाज उडाउन ‘कन्फिडेन्स’ थिएन। अहिले चिनियाँ जहाज उडाउन पाइलटको समस्या छैन। निगमका अनुसार हाल वाइ-१२ मा चार जना पाइलट कार्यरत छन्। चारवटा मध्ये तीनवटा जहाजले हाल लुक्ला, दाङ, सिमीकोट लगायत क्षेत्रमा उडान भर्दै आएको छ।

तपाईंको बिचार