Monday, February 18, 2019

विद्युत् सर्ट भएर लागेको आगोले दाङमा घर जल्यो

प्रकाशित मिति: 2018/11/27

दाङ । जिल्लाको गढवा गाउँपालिका–५ स्थित शमिम् उल्लाहाको घरमा सोमबार आगलागी हुँदा नौ लाखको क्षति भएको छ ।

विद्युत् चुहिएर भएको आगलागीमा ९ लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

आगलागीबाट सुनका गरगहना, लत्ताकपडा, दराजलगायत सामान जलेर नष्ट भएको प्रहरी निरीक्षक पञ्चलाल गोलेले जानकारी दिए ।

तपाईंको बिचार