Wednesday, November 20, 2019

निर्मला पन्तको परिवारलाई १ लाख सहयोग हस्तान्तरण

प्रकाशित मिति: 2018/11/27

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले यज्ञराज पन्तको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै सहयोग गरेका छन् ।

सोमबार दिउँसो त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका भट्टराईले उनको स्वास्थ्य अवस्था बुझ्नुका साथै नगद रु १ लाख सहयोग हस्तान्तरण गरेका हुन् ।

भट्टराईले नयाँ शक्ति पार्टीका अष्ट्रेलियामा रहेका समर्थक निल पाण्डे र सविता भट्टराईले पठाएको एक लाख रुपैयाँ  हस्तान्तरण गरेको पार्टीका प्रचार विभाग प्रमुख विश्वदिप पाण्डेले बताए ।

बलात्कारपछि हत्या गरिएकी आफ्नी छोरी निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै कञ्चनपुरस्थित जिल्ला प्रशासन कार्यालय अघि धर्नामा रहदा अस्वस्थ्य भएका यज्ञराजलाई हिजो काठमाडौं ल्याइएको थियो ।

तपाईंको बिचार