Friday, July 19, 2019

आर्थिक सशक्तिकरणका लागि तारकेश्वरका आमा समुहलाई ५ लाख सहयोग

प्रकाशित मिति: 2018/11/28

नुवाकोट । नुवाकोट तारकेश्वर गाँउपालिकाको महिला तथा आमा समूहलाई आर्थिक सशक्तिकरणका लागि ५ लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ । गन्तव्य नेपाल गु्रपका अध्यक्ष एवं स्थानीय समाजसेवी शिव अधिकारीको नेतृत्वमा महिला तथा वालवालिकाको लागि सामाजिक सुरक्षा संस्थाले गत शनिबार ८ गते गोस्र्याङस्थित भमरामा आयोजित एक कार्यक्रमका बीच त्यहाँ क्रियाशिल महिला तथा आमा समूहहरुलाई रकम हस्तान्तरण गरिएको हो ।

सहयोग पाउने समूहमा तारकेश्वर गाउँपालिका अन्तर्गत गोस्र्याङ वडा नं ६ का ६ वटा आमा समूह (हातेमालो, मिलिजुली, बाघभैरव, बाघवत्सला) , १ कृषि महिला समूह (वनदेवी) र १ एकल महिला समूह (भूमिस्थान) लाई सहयोग रकम प्रदान गरिएको थियो ।

कार्यक्रममा महिला तथा वालवालिकाको लागि सामाजिक सुरक्षा संस्थाका महासचिव नेत्र खरेलले समाजसेवी शिव अधिकारी मार्फत आगामी दिनमा तारकेश्वर गाउँपालिकामा सहयोग गर्ने बताउनु भयो । उहाँले तारकेश्वर गाँउपालिकाको विकास र महिलाहरुको सशक्तिकणका लागि अधिकारीले थालेको अभियानमा साथ दिन स्थानीयहरुलाई आग्रह पनि गर्नुभयो ।

त्यस्तै कार्यक्रममा समाजसेवी शिव अधिकारीले तारकेश्वर गाँउपालिकाका महिलाहरुलाई धनी, सबल र एउटै मालामा गाँस्ने उद्धेश्य स्वरुप आफुले यो अभियान थालनी गरेको बताउनु भयो । उहाँले सम्बृद्ध र समुन्नत तारकेश्वर बनाउने आफ्नो सपना अनुरुप नै कामहरुलाई दु्रत गतिमा अघि बढाइरहेको भन्दै आफ्नो यो महान अभियानमा साथ दिन पनि सबैसँग आग्रह गर्नुभयो ।

यसैबीच अधिकारीले तारकेश्वर गाउँपालिका कै गोस्र्याङ वडा नं ५ मा रहेको गुर्जामेन्दो युवा क्लबलाई खेलकुद साम्रगी तथा स्वास्थ्य सेवाको लागि स्टेचर पनि प्रदान गरेका छन् ।

 

 

 

तपाईंको बिचार