Friday, July 19, 2019

गायक पौडेललाई बिन्दबासिनी म्युजिक अवार्ड २०७५

प्रकाशित मिति: 2018/11/29

काठमाडौं । बिन्दबासिनी म्युजिक अवार्ड २०७५ सर्वोकृष्ट लोक गायक नवीन पौडेललाई प्रदान गरिएको छ ।

लोक गीत “फुलेको तोरिलाइ बैँस आकि छोरीलाइ जोगाउनै गाह्रो” बोलको गीत बाट गायक पौडेललाई अवार्ड प्रदान गरिएको हो । गायक पौडेल करिब दुई दसकदेखि लोकगीतको श्रीवृद्धिमा लागेका अहिलेको निक्कै नै व्यस्त, चर्चित, लोकप्रिय एवं स्टेजका अपरिहार्य व्यक्ति रहेको सस्थाकी अध्यक्ष लिना शर्मा रेग्मीले बताए ।

यस अघि गायक पौडेलले सगरमाथा म्युजिक अवार्ड मा “बाग्लुङ दरमखोला” बोलको मौलिक बन्चेबाजाको गीतबाट सर्वोकृष्ट मौलिक गीत गायकको विधामा अवार्ड प्राप्त गरिसकेका छन् । साथै देशका विभिन्न भूभाग र विश्वका दर्जनौँ सहरमा पुगेर पौडेलले आफ्नो देशको कला सस्कृतिलाइ प्रोत्साहन पनि गरिरहेका छन् ।

उनका ए हजुर सुन्नुभा छ र, यस्तै हुन्छ भन्ने भा, रातो डोरि कपाल लर्केको, के सम्झना छ र जान्न मत त्यो घर, बुलाकी झुम्काना, हरेक जातजाति छौँ नानाथरी, सत्य खान्छु कसम, श्रीनगर बतासे डाडैमा, आजै भेट भाको धनगढी आको म परेँ पाल्पाको, दुखका दिन गए, नया पार्टी खोल्छु लगायतका दर्जनौं गीत दर्शकको मानसपटलमा बसेको छ ।

गायक पौडेल अन्तर्राष्ट्रिय कलाकार मन्च नेपालका उपाध्यक्ष, प्रस्तोता समाज नेपालका कार्यकारी सदस्य एवम् राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व केन्द्रिय सदस्य समेत रहेका छन् ।
 
दर्शकमाझ उनी पुनः “घर मेरो सुदुर पश्चिम” लोक गीत लिएर आउने छन् । साथै अर्वाड कार्यक्रममा वरिष्ठ गायक एवम् संगीतकार शक्ति बल्लबलाई एक लाख राशी सहित दिर्घ साधना सम्मान प्रदान गरिएको थियो । कार्यक्रम भूगर्भ सिमेन्टको सहकार्यमा सम्पन्न भएको थियो ।

 

 

तपाईंको बिचार