Thursday, July 18, 2019

प्रहरी खिरौना चौकी पुनःस्थापना

प्रकाशित मिति: 2018/11/29

लहान  ।  सशस्त्र द्वन्द्वकालमा विस्थापित भएको प्रहरी खिरौना चौकी पुनःस्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बुधबार पुनःस्थापित चौकी उद्घाटन् गरे।

तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वका समयमा विस्थापित भई जिल्ला प्रहरी कार्यालयमा उक्त चौकी गाभिएकामा पुनः स्थापना भएसँगै सो क्षेत्रको शान्ति सुरक्षा सुधार आउने विश्वास गरिएको छ । तत्कालका लागि प्रहरी सहायक निरीक्षको नेतृत्वमा १० प्रहरी परिचालन गरिएको उक्त कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

तपाईंको बिचार