लागू जोर बिजोर प्रणाली हट्यो
काठमाडौं । एशिया प्यासेफिक समिटका क्रममा सवारी आवागमन चुस्त बनाउन तथा सुरक्षाका कारण बिहीबारदेखि आइतबारसम्मका लागि लागू भएको जोर बिजोर प्रणाली हटेएको छ ।
महानगरीय ट्राफिक महाशाखाले शुक्रबार विज्ञप्ति निकाल्दै गृह मन्त्रालयको निर्देशनमा शुक्रबार साढे ११ बजेदेखि जोरबिजोर प्रणाली हटाएको जनाएको छ ।
जनस्तरबाट ब्यापक दवाव बढेपछि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली सरकारले फिर्ता लिएको छ ।
तपाईंको बिचार