Friday, April 26, 2019

युरोपियन युनियनले कालोसूचीबाट हटाएन नेपाललार्इ, वायुसेवा निगमलार्इ ठूलो झट्का

प्रकाशित मिति: 2018/12/01

काठमाडौं । युरोपियन युनियन (इयु) ले हवार्इ उड्ययनका क्षेत्रमा नेपालमाथि लगाइएको कालोसूची प्रतिबन्ध हटाएन, बरु थप्दै गएको छ । इयुले  वर्षौंदेखि नेपालका विमान कम्पनीहरूमाथि लगाउँदै आएको कालोसूची कायमै राखेर यहाँको नेपाल वायुसेवा निगमलगायत कम्पनीहरुमाथि थप झड्का दिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र पर्यटन मन्त्रालयले यसै वर्ष नेपाल ईयूको कालोसूचीबाट हट्ने दाबी गर्दै आए पनि इयुले भने उनीहरुलार्इ नै आश्चर्यमा पार्नेगरी कालोसूची यथावत रहने जानकारी दिएको छ । इयुको यो नरन्तरताले अर्बौँ ऋण गरेर भित्र्याइएका नेपाल वायु सेवा निगमका  दुई वटा ‘वाइडबडी’ जहाजलार्इ ठूलो धक्का लागेको छ । उडान गन्तव्य नपाएर जहाज किनेदेखि थन्क्याउन निगम लाचार भएको छ ।
सरकारले इयुको कालोसूचीबाट हटाउन भनी हवाई सुरक्षाका मापदण्ड बनाउन र कार्यान्वनयन गर्न करोडौं रकम खर्चिएको छ । तर प्रगति हुनुको साटो उल्टै वाइडबडी विमान खरिदमा अर्बौँ रकम घोटाला भएको आरोप लागेको छ । नयाँ लिएका विमानको गुणस्तरमै समेत प्रश्न उठेको छ ।
युरोपलाई नै लक्षित गर्दै निगमले वाइडबडी भित्र्याए पनि इयुको पछिल्लो निर्णयले निगम अझै घाटामा जाने निश्चित छ । शुक्रबार आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै इयुले कालो(सूची नहटेको जानकारी दिए छ । उसको प्रतिवेदनअनुसार कालोसूचीबाट नहटेसम्म नेपालका कुनै पनि वायुसेवा कम्पनीले युरोपेली युनियनमा आबद्ध देशहरूमा प्रवेश पाउने छैनन् ।

 

तपाईंको बिचार