Thursday, November 21, 2019

बर्दियामा एक दशकपछि हुलाकी सडक कालोपत्रे हुँदै

प्रकाशित मिति: 2018/12/01

बर्दिया । बर्दिया जिल्लाको प्रतिष्ठाको विषय बनेको मुर्तिया(गुलरिया(भुरिगाउँ सडक निर्माण शुरू भएको एक दशकपछि कालोपत्रे गर्न शुरू गरिएको छ ।
कालोपत्रेको काम शुरु भए पछि सो सडकखण्डका स्थानीयहरू समेत खुसी भएका छन् । सडक कालोपत्रेको शुभारम्भ गर्दै मधुवन नगरपालिकाका प्रमुख कृष्ण केसीले हुलाकी सडक अहिले सबैको प्रतिष्ठाको बिषय बनेको बताए । सडक निर्माण कार्य समयमै सम्पन्न भएमा बर्दिया जिल्लाको ७० प्रतिशत विकास सम्पन्न हुने बताउँदै उनले निर्माण कम्पनीलाई समयमा नै काम सम्पन्न गर्न अनुरोध गरे ।
सडकखण्डको मधुवन नगरपालिकास्थित सानोश्री बजार क्षेत्रबाट हुलाकी सडक कालोपत्रे गर्ने काम शुरु भएको हो । हुलाकी सडक कालोपत्रे गर्न ठेक्का पाएका तीन ओटा ठेकेदार कम्पनीमध्ये गणपति ग्रुप कन्स्ट्रकसनले कालोपत्रेको काम शुरु गरेको हो । कम्पनीले कालोपत्रेको प्राईम कोड गर्न शुरू गरेको छ । यो कालोपत्रेको पहिलो चरणको काम भएको निर्माण कम्पनी गणपति ग्रुपले जनाएको छ ।
दोस्रो चरणको काम पनि केही दिन भित्रै शुरु गरी कालोपत्रे फिनिसिङ गर्दै जाने ठेकेदार कम्पनीले जनाएको छ ।
पिचको काम शुरु भएसँगै बर्दियाबासीले हुलाकी सडकको काम छिट्टै पुरा हुने आशा व्यक्त गरेका छन् । पहिलो चरणमा सानोश्रीबाट कुसुम्बाघाटसम्मको सडक कालोपत्रे हुनेछ भने संगसँगै खैरापुरसम्म कालोपत्रे सम्पन्न हुनेछ । तर वेलवा राजापुर सडकखण्ड र बेलवा भुरीगाउँ सडक खण्डमा सँगै काम सुरु गरेका अन्य दुई ठेकेदार कम्पनीले भने कामको गति लिन सकेको देखिँदैन ।
हुलाकी सडक निरमाणमा घाटा देखाउँदै यसअघि पनि भारतीय निर्माण कम्पनी जे भि आर पसेपछि भारत सरकारको सहयोगमा निर्माण शुरू गरिएको सडक पुनस् निर्माण गर्न नेपाल सरकारलाई जिम्मेवारी दिएपछि यसको निर्माणको जिम्मा गणपति कन्स्ट्रक्सनले पाएको हो ।

 

तपाईंको बिचार