Thursday, April 25, 2019

विकासमा फड्को मार्दै नेपालगञ्ज

प्रकाशित मिति: 2018/12/01

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका भौतिक पूर्वाधार र सामाजिक विकासको पथमा विस्तारै अघि बढदै गएको छ ।
उपमहानगरपालिकाले चालु आर्थिक वर्षको बजेटलाई विभिन्न शीर्षकमा छुट्याएर प्राथमिकताका आधारमा साना ठूला विकास योजनाको काम वडा तहसम्म सञ्चालन गर्दै आएको छ ।
‘हामीले बजेटका आधारमा योजना छुट्याएर विकास निर्माणको काम सञ्चालन गर्दै आएका छौं’, वडाध्यक्ष वीरेन्द्रबहादुर शाहको भनाइ छ ।
पक्की बाटो, ढल निकास, नाला, खानेपानी, विद्यालयको भौतिक पूर्वाधार, रानीतलाउ पार्क, चिल्ड्रेन पार्कलगायतको संरचनाको जीर्णोद्धार र नयाँ निर्माणलगायतका लागि उपमहानगरपालिकाले बजेट छुट्याएको छ ।
त्यसैगरी, सीमान्तकृत र पछाडि पारिएका समुदायको सामाजिक विकासका लागि पनि सीप र रोजगारसमबन्धी कार्यक्रम उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको छ ।
‘पछाडि परेका क्षेत्र र समुदायलाई विकासको मूलप्रवाहमा ल्याउन बजेट र कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ उपप्रमुख उमा थापामगरको थप भनाइ छ, ‘ठूला ठूला नगरस्तरीय योजना नेपालगञ्
उपमहानगरपालिकामा चार वर्षदेखि एशियाली विकास बैंकको सहयोगमा शहरी विकास योजनाअन्तर्गत बाटो, नाला, ढल निकास, खानेपानी र विद्युत् विस्तारको काम भइरहेको छ ।
यी योजनाबाट नेपालगञ्जको सडक चौडा भएका छन् भने वर्षायाममा हुने डुबान समस्याबाट पनि नेपालगञ्ज मुक्त भएको छ ।
‘स्थानीय तहमा वर्षौसम्म जनप्रतिनिधि नहुँदा कर्मचारीले नगरको विकासका लागि ठोस काम केही गरेनन्, तर अहिले अवस्था फेरिएको छ ।
नगरपालिका जनप्रतिनिधिले एकैपटक सबै काम गर्न नसके पनि प्राथमिकताका आधारमा विकास निर्माणका काम क्रमशः हुँदै गएका छन् नगर प्रमुख डा. धवलशमशेर राणाको भनाइ छ ।
नेपालगञ्ज उपमहानगरपालिकामा कृषि विकासको सम्भावना पनि प्रशस्त छ । संघीय संरचनाको क्रममा थपिएका थप छ वडावासीको मुख्य व्यवसाय कृषि नै भएकाले कृषि विकासको सम्भावना देखिएको हो ।
कूल २३ वडा रहेको उपमहानगरपालिका पूर्वी र उत्तरी क्षेत्रका बासिन्दा कृषि पेशामै आवद्ध भएकाले कृषि उत्पादन र कृषिजन्य व्यवसायको राम्रो सम्भाव्यता रहेको वडाध्यक्ष शाह बताउँछन् ।

तपाईंको बिचार